Ads

‘देश र जनतालाई केन्द्रमा राखौँ’


काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न सरकार र सबै राजनीतिक दललाई आह्वान गरेका छन् ।

संविधान दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले संविधानबारे विभिन्न कोणबाट भइरहेका बहसमा सहभागी हुन सम्बद्ध सबैलाई आग्रह गरेका छन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जनताबाट भएकोे योगदानको स्मरण गर्दै सन्देशमा उनले हाम्रोजस्तो सानो मुलुकमा तीन तहका सरकार र यति धेरै सङ्ख्यामा स्थानीय तह आवश्यकपर्ने वा नपर्नेबारे बहस गर्न आवश्यक भएको बताएका छन्।

Ads

सम्बन्धित पोष्टहरू