Ads

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन


काठमाडाैं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशमा सिफारिस भएका राजदूतहरूको नाम अनुमोदन गरेको छ।

सरकारले सिफारिस गरेका १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम बहुमतले अनुमोदन गर्ने निर्णय गरेको सुनुवाइ समिति सदस्य भगवती न्यौपानेले जानकारी दिइन्।

उनका अनुसार, श्रीलंकाका लागि सिफारिस राजदूत रामकृष्ण भट्टराईको भने नाम अनुमोदन भएको छैन।

‘उहाँले आफ्नो शैक्षिक प्रमाणपत्र पेस नगरेकाले नाम अनुमोदन नभएको हो,’ न्यौपानेले नेपालखबरसँग भनिन्, ‘अर्को बैठकसम्म प्रमाणपत्र पेस गर्नका लागि समय दिइएको छ।’

बिहीबारको सुनुवाइ समितिको बैठकमा रास्वपाका डोलप्रसाद अर्याल र जसपाका प्रकाश अधिकारीले भने निर्णयमा फरक मत राखेका छन्।

Ads

सम्बन्धित पोष्टहरू