काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै सोमबार सूर्यदर्शन सहकारी पीडित बचकर्ताले पोखरामा प्रदर्शन गरेका छन्।
पीडितले लामिछानेलाई पक्राउ गर्न माग गरिरहेका छन् भने रास्वपा नेता-कार्यकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री लामिछानेलाई पक्राउ नगर्न चेतावनी दिइरहेका छन्।
पार्टी सभापति रवि लामिछानेलाई षड्यन्त्रपुर्वक पक्राउ गर्न खोजिएको भन्दै नाराबाजिसहित विरोध प्रदर्शन गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय कास्कीअगाडि रास्वपाका कार्यकर्ता भेला भएर विरोध प्रदर्शन गरेका हुन्। षडयन्त्रविरुद्ध निरन्तर आन्दोलनमा उत्रने उनीहरुको चेतावनी छ।
उनिहरुले,’सहकारी पीडितलाई न्याय दे’, ‘राजनीतिक प्रतिशोध अन्त्य गर’, ‘फाशिष्ट सरकार मुर्दावाद’लगायत नारा लगाएका छन्।
यता, सूर्यदर्शन सहकारी पीडित बचकर्ताले पनि सोही ठाउँ नजिकनै रविलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्