Ads

पदक विजेता खेलाडी स्वदेश फिर्ता


काठमाडौँ । सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ आज स्वदेश फर्किएका छन् । चीनको हान्झाउमा आयोजित २०औँ एसिया सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामालगायत खेलपदाधिकारीले स्वागत गरे ।

एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालका कुनै पनि खेलाडीले अहिलेसम्म पदक जित्न सकेका थिएन । नेपाल पुलिस क्लबबाट कराते खेल्न सुरु गरेकी एरिका पहिलोपटक १९औँ एसियाडमा छनोट भएका थिए । उक्त प्रतियोगितामा पनि उनले रजत पदक हात पारेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू