काठमाडाैं ।प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ ।
प्रचण्डले अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न आज बिहान १० बजे बस्ने गरी गए राति सर्वदलीय बैठक आह्वान गरेका थिए ।
सरकारले पहल लिन ढिलाइ गरेको अवस्थामा प्रचण्डले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सर्वदलीय बैठक बोलाएका उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
तर, सरकारले पनि सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नदेखेर स्थगित गरिएको मल्लको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्