Ads

तोलामा ८ सयले बढ्याे सुनको मूल्य


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भएकाे छ । अघिल्लाे हप्ता लगातार वृद्धि भएको सुनको मूल्यमा याे हप्ता गिरावट आएकाे थियाे । आज भने प्रतिताेला ८ सयले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलामा ८ सयले बढ्दै प्रतिताेला १ लाख ६० हजार ८ सय कायम भएकाे छ । यस्तै, चाँदीको मूल्य पनि आज केही बढेकाे छ । १० रुपैंयाँले बढ्दै आज चाँदीकाे भाउ एक हजार नौ सय ३५ रुपैंयाँ निर्धारण भएको छ।

गत हप्ता आइतबार प्रतितोला एक लाख ५८ हजार एक सयमा कारोबार भएको छापावाला सुन साेमबारका लागि एक लाख ५९ हजार दुई सय निर्धारण भएको थियाे । मंगलबार भने एक लाख ५९ हजार सात सयमा काराेबार भयाे । बुधबार यसमा थप सात सयले बढ्दै एक लाख ६० हजार चार सयमा काराेबार भएकाेमा बिहीबार भने तीन सयले बढेर एक लाख ६० हजार सात सयमा काराेबार भएकाे थियाे । शुक्रबार पनि प्रतिताेला पाँच सयले बृद्धि हुँदै सुन एक लाख ६१ हजार दुई सयमा काराेबार भएर नयाँ रेकर्ड राखेकाे थियाे ।

Ads

सम्बन्धित पोष्टहरू