Ads

पूर्वराजा भुटान प्रस्थान


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह बिहीबार बिहान भुटान प्रस्थान गरेका छन्।

शाह भुटानी राजपरिवारको निमन्त्रणामा ड्रुक एयरलाइन्सको विमानबाट आज बिहान थिम्पु प्रस्थान गरेका हुन्।

उनको साथमा छोरी प्रेरणा, भतिजी सितास्मा शाह र सचिवालयका केही सहयोगीहरू पनि छन्।

निर्मल निवास सम्वाद सचिवालयले यो भ्रमणलाई निजी भनेको छ। पूर्वराजा आइतबार स्वदेश फर्कने कार्यक्रम छ।

Ads

सम्बन्धित पोष्टहरू