Ads

२०८१ असोज २० गते आइतवार, तपाईको दैनिक राशिफल


मेष ( चुचेचोलालिलुलेलोअ )कुनै मन्दिरको दर्शन हुनेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

 वृष ( इवाविवुवेवो )महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योग छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

 मिथुन ( काकिकुकेकोहा )आस्था बढेर जानेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

 कर्कट ( हिहुहेहोडाडिडुडेडो )आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । सहकर्मीबाट विरोध आउनसक्छ । नियमित खर्चसमेत बढ्ने योग छ ।

 सिंह ( मामिमुमेमोटाटिटुटे )आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । शेयर बजाको कारोबारमा पनि सफलता पाइएला ।

 कन्या ( टोपापिपुपेपो )शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । रोकिएको काम सुरु हुन पनि सक्छ ।

 तुला ( रारिरुरेरोतातितुते )कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ, तर वैदेशिक काममा सफलता नमिल्ला ।

 वृश्चिक ( तोनानिनुनेनोयायियु )आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । ससाना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ, तर नयाँ लगानीको अवसर भने मिल्नेछ ।

 धनु ( येयोभाभिभुधाफाढाभे )जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । धार्मिक / सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । घरमा अतिथिको आगमन हुनेछ ।

 मकर ( भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि )धार्मिक कार्यमा रुचि बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ । साथीभाइले सहयोग जुटाउनेछन्, शेयर बजारको कारोबार कमजोर रहला ।

 कुम्भ ( गुगेगोसासिसुसेसोदा )आज धार्मिक क्षेत्रको भ्रमण हुनेछ । आफन्तसँग भेटघाट हुनेछ । साँझमा अधुरा काम बन्न सक्छ , तर नियमित खर्चसमेत बढ्ने योग पनि छ ।

 मीन ( दिदुदेदोचा, चि )आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा पनि सङ्कट र चिन्ता बढ्न सक्छ ।

 

Ads

सम्बन्धित पोष्टहरू