Ads

राजधानीका शक्तिपीठलाई झिलीमिली बत्तीले सिँगारियो


काठमाडौँ । शारदीय नवरात्रका अवसरमा राजधानीका शक्तिपीठहरुलाई बत्तीको झिलीमिलीले सिँगारी आकर्षक बनाइएको छ।

राजधानीका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवतीलगायत शक्तिपीठमा रातिको समयमा बत्तीको झिलीमिलीले सिँगारिएको हो । रातमा शक्तिपीठ सिँगार्दा आकर्षक देखिएको मैतीदेवीका स्थानीयवासी इन्दिरासिंह श्रेष्ठले जानकारी दिनुभयो ।

विभिन्न दाताको सहयोगमा राजधानीका शक्तिपीठलाई झिलिमिलि बनाइएको मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहनुभएका काठमाडौँ महानगरपालिका–३० का वडाध्यक्ष दलबहादुर कार्कीले जानकारी दिनुभयो ।

नवरात्रका अवसरमा विभिन्न शक्तिपीठमा पूजा, आराधना एवं दर्शन गर्न भक्तजनको घुइँचो लाग्ने गर्छ । यो समयमा देवीको पूजा, आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ।

Ads

सम्बन्धित पोष्टहरू