Ads

प्रतितोला एक हजार रुपैयाँले घट्यो सुनको मूल्य


काठमाडौं। नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला एक हजार रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य घटेर एक लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको मूल्य पनि ४० रुपैयाँ घटेर एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महांघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू