Ads

नबिल बैंक शाखामा आगलागी


नेपालगञ्ज । बाँकेस्थित कोहलपुरको नबिल बैंक शाखामा आगलागी भएको छ । कोहलपुर नगरपालिका ११ स्थित नबिल बैंकको शाखा कार्यालयमा बुधबार बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

घरको दोस्रो तलामा आगलागी भएको हो । बाँकेका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीमगरले आज बिहान ५ः२५ बजे लागेको आगो एक घण्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जानकारी दिए । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

Ads

सम्बन्धित पोष्टहरू