Ads

रासस समाचार उत्पादनको ‘इपिसेन्टर’ हो : मन्त्री गुरुङ


काठमाडौँ, । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय समाचार समिति रासस) राष्ट्रिय र अन्तरराष्ट्रिय समाचार उत्पादन तथा वितरणको ‘इपिसेन्टर’ केन्द्रविन्दु भएको बताएका छन् ।

रासससँगको अन्तवार्तामा आज उनले समाचार सेवामा अथक महत्त्व बोकेको राससले सबै ‘मिडिया’ लाई सुहाउने समाचार संप्रेषण गर्न आवश्यक रहेको बताउँदै संस्थागत क्षमता वृद्धि गर्ने र ‘इन हाउस’ मा केही सुधार गर्न सुझाव दिए ।

“पछिल्लो समय सञ्चार गृह सूचना प्रविधिमैत्री बन्दै गएका छन् । समयको तालसँगै राससले पनि आफ्ना गतिविधि र उत्पादनमा प्रविधिमैत्री बनाउन जोड दिनुपर्छ,” सरकारका प्रवक्तसमेत रहेका सञ्चारमन्त्री गुरुङले भने, “रासस ‘आइटी फ्रेन्डली’ बनाउनुपर्छ, जनशक्तिको कार्यक्षमता बढाउनुका साथै व्यवस्थापनमा पनि ख्याल गर्नुपर्छ ।”

राससले पछिल्लो समय २४ सै घण्टा सेवा सञ्चालन गर्दा सञ्चार क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको आफूले पाएको उल्लेख गर्दै मन्त्री गुरुङले भने, “बाढी र प्रकोपका बेला राससले सूचना प्रवाहमा निर्वाह गरेको भूमिका प्रशंसनीय छ, सेवा दिनमा रासस अब विश्राम लिँदैन भन्ने कामबाटै पुष्टि भएको छ । सरकारको उद्देश्य पनि सूचनामा जनताको पहुँच बढीभन्दा बढी विस्तार गर्नु हो ।”

राससको सेवा विस्तार हुँदै गए पनि त्यसअनुसार जनशक्तिको कार्यक्षमता बढाउनुपर्नेमा जोड दिँदै मन्त्री गुरुङले राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक निकाय र राष्ट्र निर्माणका जिम्मेवार प्रमुखलाई बोलाएर राससमार्फत धारणा सम्प्रेषण गराउनुपर्ने बताए।

उनले सङ्घीय मन्त्रालयले गरेका कामका बारेमा राससले समाचार बनाउनुपर्नेमा जोड दिए । “२२ वटा मन्त्रालयले के काम गरिरहेका छन् भन्ने कुरा जनताले थाहा पाउनुपर्छ”, उनले रासससँग भने, “राससले कार्यशैलीे नीति, रणनीति र ऐन पनि संशोधन गर्नुपर्ने छ ।”

Ads

सम्बन्धित पोष्टहरू