काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज (आइतबार) सर्वदलीय बैठक बस्दै छ । सर्वदलीय बैठकमा एमालेले निरन्तर जारी राखेको संसदअवरोधको विषयमा छलफल हुने छ । सर्वदलीय बैठक आज अपराह्न ४ बजे बस्ने छ।
प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई सर्वदलीय बैठकमा बोलाएका छन् । तर एमालेले भने शनिबारै बैठकमा नआउने बताएको छ।
एमालेले गत भदौ २३ गतेदेखि संसद अवरोध गदै आएको छ । सर्वदलीय बैठकको पहिलो एजेण्डा अवरुद्ध संसद खुलाउने विषय हुने बताइएको छ ।
यसैबीच सर्वदलीय बैठक बस्नुअघि सत्ता गठबन्धनमा रहेका पाँच दलबीच छलफल हुने भएको छ। गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बस्ने बताइएको छ ।
संसद बैठक यही पुस ६ गते बस्दै छ।
प्रतिक्रिया दिनुहोस्