काठमाडौं । आज देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सबैजसाे प्रदेशमा आज बिहान आंशिक बदली रहेको छ । विभागले पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाे जनाएकाे छ ।
राति कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’को अंशको आंशिक प्रभावसमेत रहेको विभागले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्