Ads

इटालीको जितमा ग्रिफोको दुई गोल


काठमाडौं । फिफा मैत्रीपूर्ण खेलमा इटालीले अल्वानीयालाई ३–१ अन्तरले पराजित गरेको छ । बुधबार राति युरो च्याम्पियन इटालीलाई जिताउन २९ वर्षीय भिन्सेन्जो ग्रिफोले दुई गोल गरेका थिए । यसैगरी जिओभानी डि लोरेन्जोले एक गोल गरे । अल्भानीयाका आर्डिअन इस्माज्लीले एक गोल गरे ।

इटाली १–० ले पछि परेको स्थितिमा खेलमा पुनरागमन गरेको थियो । आर्डिअनले खेलको १६औं मिनेटमा गोल गर्दै अल्वानीयालाई अग्रता दिलाएका थिए । रोजेन्जोले २०औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याएका हुन् । २५ र ६४औं मिनेटमा ग्रिफोले गोल गर्दै इटालीलाई जित दिलाएका थिए । कतार विश्वकपमा भने दुबै टोली बाहिर छन् ।

Ads

सम्बन्धित पोष्टहरू