काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक सय रुपैंयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ६० हजारमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६० हजार एक सय रुपैंयाँ निर्धारण भएको छ।
यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैंयाँले बढेको छ । बिहीबार प्रतितोला एक हजार नौ सय ५ रुपैंयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय १० रुपैंयाँ निर्धारण भएको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्