काठमाडौं । कीर्तिपुर नगरपालिका-३ का वडाध्यक्ष सुविन्द्र महर्जनले कार्यवाहक मेयर शुभलक्ष्मी शाक्यको कार्यकक्षमा तोडफोड गरेका छन् ।
आज दिउँसो नगरपालिका पुगेका उनले प्रमुख प्रशासकीय अधिकृतले धेरैबेर कुराएको झोक कार्यवाहक मेयरसामु पोखेका हुन् ।
वडाध्यक्ष महर्जन आफ्नो वडाको बाटोको काम लिएर नगरपालिका आएका थिए । बाटो बिस्तार लागि एउटा सूचना निकाल्न नगरपालिकाले ढिलाइ गरेको उनको गुनासो थियो ।
तर, उनले आफूले चाहेकाे सेवा कर्मचारीले समयमा नगरेकाे र प्रमुखले कर्मचारीलाई काबुमा राख्न नसकेको भन्दै ताेडफाेड गरेकाे बताएका छन्।
कार्यवाहक प्रमुख शाक्यले सुबिन्द्रविरुद्ध प्रहरीमा उजुरी दिने लागेकी छन्।
प्रतिक्रिया दिनुहोस्