Ads

काठमाडौँ गुर्खाजको ब्राण्ड एम्बासडरमा इन्दु बर्मा


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमाडौँ गुर्खाजले आफ्नो ब्राण्ड एम्बासडरमा नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मालाई घोषणा गरेको छ ।

काठमाडौँमा आइतबार एक भव्य समारोहका बीच काठमाडौँ गुर्खाजले ब्राण्ड एम्बासडरमा इन्दुलाई घोषणा गरेको हो । सोही अवसरमा काठमाडौँले आफ्नो जर्सी पनि सार्वजनिक गरेको थियो ।

मार्की खेलाडी करण केसी नयाँ जर्सीमा उपस्थित भए । काठमाडौँ गुर्खाजले बाजागाजासहित काठमाडौँको संस्कृति र पहिचान झल्कने किसिमको प्रश्तुतीहरू देखाएको थियो । नेवारी भेष नृत्य र लाखे नाच पनि प्रश्तुत गरिएको थियो ।

अक्सनबाट समावेश खेलाडीलाई सुटसहित स्टेज उपस्थिति गराउँदै काठमाडौँ गुर्खाजले आफ्नो तयारी विशेष रहेको सन्देश दियो ।
सोही कार्यक्रमका बीच काठमाडौँको आफ्नो मुख्य प्रायोजकमा बिवाइडीलाई घोषणा गरेको छ ।

उक्त कार्यक्रममा काठमाडौँ गुर्खाजका अध्यक्ष उपेन्द्र महतो, नेपाल क्रिकट संघ (क्यान) का सचिव पारस, खड्का, टिम मालिक श्रृंखला खतिवडा र कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया थिए । काठमाडौंको मुख्य प्रशिक्षकमा वसन्त शाही ठकुरी छन् । उनी नेपाली राष्ट्रिय क्रिकेट टोलीका सहयाक प्रशिक्षकसमेत हुन् ।

काठमाडौँ गुर्खाजका अन्य खेलाडी साहव आलम, भीम सार्की, रशिद खान, शंकर राना, कृष्ण कार्की, दीपेश कडेल, सुमित महर्जन, राजु रिजाल, विवेक केसी र प्रतिक श्रेष्ठ छन् ।

काठमाडौँ गुर्खाजले विदेशी खेलाडीमा नेदरल्याण्ड्सका माइकल लेभिट, नामिबियाका कप्तान जेरार्ड इरासमस, इङ्ल्याण्डका क्रिकेटरद्वय स्टेफन इस्किनाजी र ड्यान डौथवेटलाई अनुवन्ध गरिसकेको छ ।

Ads

सम्बन्धित पोष्टहरू