Ads

पूर्वसभामुख ढुंगानाको निधनमा कांग्रेसले पार्टी कार्यालयमा झन्डा आधा झुकाउने


काठमाडौँ । नेपाली कांग्रेसले दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाको सम्मानमा मंसिर ३ र ४ गते पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको हो ।

बैठकले मंसिर ४ गते केन्द्रीय कार्यालय बन्द गर्ने र १३ औं दिनमा केन्द्रमा शोकसभाको आयोजना गर्ने निर्णय समेत गरेको छ ।
ढुंगानाको ८३ वर्षको उमेरमा राजधानीको फ्रन्ट लाइन अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू