Ads

अबरुद्ध संसद खोल्ने बारे एमालेसँग वार्ता गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसंग वार्ता गर्ने जिम्मा सत्ता गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ । प्रतिपक्ष दल एमालेले अवरुद्ध संसद अबरुद्ध गदै आएको छ । संसद खुलाउनका लागि एमालेसँग वार्ता गर्न प्रधानमन्त्री देउवालाई जिम्मेवारी दिएको छ ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ दलहरुको बैठकले एमाले संग वार्ता गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको हो ।

संसदको गतिरोध अन्त्य गर्न एमसीसीका बारेमा एमालेसंग वार्ता गर्ने जिम्मेवारी देउवालाई दिइएको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए ।

सत्ता गठबन्धन दलको बैठकमा कांग्रेस र अन्यदलहरुबीच मतभिन्नता छ ।
यस्तै सर्वदलीय बैठकमा भने देउवाले एमसीसी र संसदको अवरोध हटाउने बारे अन्य राजनीतिक दलहरूको धारणा सुनेका थिए । सर्वदलीय बैठकमा नेकपा एमाले बाहेकका दलहरू सहभागी थिए ।

Ads

सम्बन्धित पोष्टहरू