मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। प्रेम सम्बन्धमा सुमधुर समय रहनुको साथै दाम्पत्य जीवन सुखमय रहनेछ। प्रतिस्पर्धामा सफल हुने योग छ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )भौतिक सुख सुविधामा वृद्धिको योग छ। आज व्यापार व्यवसायमा वृद्धि हुनको साथै आर्थिक पक्ष समेत सबल रहनेछ। चिकित्साको क्षेत्रमा समय अनुकूल रहेको छ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )आज आर्थिक कारोवार सबल रहनेछ। कार्यक्षेत्रमा कामको तनाव बढ्ने छ। आफ्नो कार्यलाई लिएर इमान्दार हुनुहोला। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ भने स्वास्थ्य राम्रो रहनेछ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )कर्कट राशि हुनेहरूलाई दिन सामान्य रहेको छ। व्यापारमा नयाँ निर्णय लिन र नयाँ वाहन किन्नको लागि समय उचित छैन। कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी मिल्नेछ। स्वास्थ्यमा मौसमी बिमारीबाट आफूलाई बचाउनुहोस्।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )आज तपाईं जोश र उत्साहले भरपुर रहनुहुनेछ भने कलात्मक वा रचनात्मक क्षेत्रमा विकास हुनेछ। वैदेशिक यात्राको प्रयास सफल रहनेछ। कार्यक्षेत्रमा नसोचेको लाभ मिल्नेछ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )नोकरी या कार्यक्षेत्र होस् समय उत्तम रहेको छ। अग्रिम बनाएका योजनाहरूबाट सफलता मिल्नेछ। पिताको पक्षबाट लाभ मिल्नेछ। प्रेम सम्बन्धलाई विवाहमा टुङ्ग्याउन सक्नुहुनेछ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )कार्यक्षेत्रमा लगनशीलताको इनाम मिल्नेछ। नोकरीमा पदोन्नतिका योग छन्। सामाजिक कार्यले लोकप्रियता बढाउनेछ। व्यापारमा पारदर्शिता राख्नुहोस्।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। कार्यक्षेत्रमा गरेको प्रयासहरूको प्रतिफल नमिल्ला। जो जातक होटल व्यवसायमा हुनुहुन्छ उहाँहरूको लागि यो समय लादायक रहनेछ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )धर्मकर्म साथै सामाजिक कार्यमा रुचि बढ्नेछ। आर्थिक पक्ष अनुकूल रहनेछ। सरकारी क्षेत्रमा अट्केका कार्यहरू बन्नेछन्। साझेदारी व्यापारबाट लाभ हुने योग छ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )नोकरी वा पेशामा शत्रुहरू लाग्नेछन्। धन खर्चका योग छन्। जीवन साथीको सहयोग मिल्नेछ। छरछिमेकीसँग बादविवादबाट बच्नुहोस्। बुद्धिविवेकले निर्णय लिँदा समस्या टर्न सक्छ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )साझेदारी व्यवसायमा साझेदारको सहयोग मिल्नुको साथै नयाँ धन आर्जनका स्रोतहरू बढ्नेछन्। जीवन साथीसँग मनमुटाव थियो भने सुल्झिनेछ। सन्तानको पठनपाठनलाई लिएर चिन्ता रहनेछ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )आज कार्यक्षेत्रमा साथीहरूको सहयोगले रोकिएका काम शुरु हुनेछ। माताको स्वास्थ्यलाई लिएर शुभ समाचार मिल्नेछ। सकारात्मक विचारले अगाडि बढौं।
प्रतिक्रिया दिनुहोस्