Ads

तोलामा ११०० रुपैयाँ बढ्यो सुनको मूल्य


काठमाडौँ, । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ६१ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको हो ।

यस्तै छापावाल सुन प्रति १० ग्राम १ लाख ३८ हजार ९४५ रुपैयाँ कायम भएको छ ।

यसैबीच चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १ हजार ९५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू