बझाङ । बझाङको सदरमुकाम चैनपुर शान्तिमार्ग रोडमा एक पसलमा चोरी भएको छ । गएराती २ः३० बजेको समयमा सदरमुकाम चैनपुरस्थित वडा प्रहरी कार्यालय नजिकै रहेको के.पी एम किराना पसलमा चोरी भएको हो ।
चोरले पसलको बाहिर लगाईएको ताल्चा सरियाले तोडि पसल भित्र गएको र एक महिलाले थाहा पाएपछि चोर आयो,चोर आयो भनेपछि चोर्ने ब्यक्ति त्यहा बाट भागेको महिलाले संजाल खबरलाई बताइन्।
उक्त पसलबाट सामान भने कुनै पनि नलिएको पसलका संचालक झरेन्द्र खड्काले बताए। उक्त चोरले तलदेखि माथिसम्म कालो कपडा र टाउकोमा पनि कालो टोपी लगाएको स्थानिय एक महिलाले बताइन्। उक्त चोरले हतपत्त भाग्दा खेरी आफ्नो कोठाको दराजको जस्तो चापीका झुप्पाहरु पसल अगाडि नै छोडेर गएको छ।
चोरी भएको स्थान सदरमुकाम चैनपुरको प्रहरी बिट नजिकै रहेको र यसले प्रहरीलाई नै थप चुनौती थपिएको छ । यसअघि पनि सदरमुकाम चैनपुरमा अदालत अगाडिको किराना पसल र चैनपुरको चौराहा चोक नजिकै एक मोबाइल ग्यालरीमा चोरी भएको थियो ।
चैनपुरका व्यवसायीले असुरक्षित रहेको भन्दै प्रहरी प्रशासन र नगरपालिकालाई गुहारे पनि अहिलेसम्म सुरक्षा चुनौती भने हटेको छैन । केहि समय अगाडी जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले चैनपुर बजारको सुरक्षा र फोहोर व्यवस्थापनका लागि २० दिनभित्र सिसिटिभी क्यामेरा जडान गर्ने एक कार्यक्रममा उद्घोष गरेका थिए ।
तर उनी चुकेका छन् । यता जिल्ला प्रहरी कार्यालय बझाङ भने–चोरी गर्ने ब्यक्तिहरुको खोज–अनुसन्धान मात्र भइरहेको बताउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्