काठमाडौँ । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेले आज काठमाडौँमा जागरण सभा गर्दैछ ।
एमालेले सुशासन, मुलुकको समृद्धि र सुदृढ लोकतन्त्रको सन्देशका लागि जागरण सभामार्फत् ‘शक्ति प्रदर्शन’ गर्न लागेको हो ।
जागरण सभामा कार्यकर्ता र समर्थक गरी एक लाख मानिस उतार्ने एमालेले जनाएको छ।
जुलुस भद्रकालीबाट सुरु हुने एमालेका नेताहरूले जनाएका छन्। जुलुस न्युरोड गेट, वीर अस्पताल, रत्नपार्क घुमेर दरबारमार्गको सडकमा सभामा परिणत हुने एमालेका नेताहरूको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्