काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैंयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ६४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६५ हजार पाँच सय रुपैंयाँ निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्यमा भने गिरावट आएकाे छ । चाँदी आज १० रुपैंयाँले घटेर एक हजार नौ सय ४० रुपैंयाँ निर्धारण भएको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्