काठमाडाैं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस-एमालेको समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने बताएका छन् ।
काठमाडौंको दरबारमार्गमा आयोजित जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस-एमालेको समीकरण स्वार्थरहित तरिकाले बनेकाले सरकारलाई कसैले हल्लाउन नसक्ने बताएका हुन् ।
‘एमालेलाई कसैले हल्लाउन सक्दैन । अहिलेको समीकरण र सरकारलाई पनि कसैले हल्लाउन सक्दैन,’ उनले भने, ‘यो सरकार कमिसनखोरी र भ्रष्टाचार गरेर पैसा कमाउन र आफ्ना मान्छे भर्ती गरेर अकुत सम्पत्ति कुम्ल्याउन बनेको होइन ।’
प्रतिक्रिया दिनुहोस्