काठमाडौँ, । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज भएको उक्त भेटवार्ताका क्रममा सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई आफ्नो कम्बोडिया भ्रमणका बारेमा जानकारी गराउनुभएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
सभामुख घिमिरे कम्बोडियाको राजधानी नोमपेन्हमा यही मङ्सिर ८ गतदेखि ११ गतेसम्म हुने इन्टरनेसनल पार्लियामेन्ट फर टोलरेन्स एन्ड पिस ९आइपिटिपी० को ११औँ प्लेनरी सेसनमा भाग लिन जान त्यसतर्फ जान लाग्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्