काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार सात सय रुपैंयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ६५ हजार पाँच सय रुपैंयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६७ हजार दुई सय रुपैंयाँ निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्यमा भने २० रुपैंयाँ बढेकाे छ । चाँदी आज एक हजार नौ सय ६० रुपैंयाँ निर्धारण भएको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्