Ads

२०८१ मंसिर १३ गते बिहिवार, तपाईको दैनिक राशिफल


मेष ( चुचेचोलालिलुलेलोअ )सामाजिक वा राजनीतिक क्षेत्रमा सम्मान बढ्नेछ। जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहला। सहकारी तथा वित्तीय संस्थाबाट शुभ सूचना मिल्नेछ।

 वृष ( इवाविवुवेवो )भाग्यले साथ दिनेछ। धन वा सुखमा वृद्धि हुनेछ। विद्यार्थीहरूलाई नयाँ ज्ञान र अनुभव प्राप्त हुनेछ। घरपरिवारमा मांगलिक कार्यले मन उत्साहित रहनेछ। आर्थिक पक्ष सबल रहनेछ।

 मिथुन ( काकिकुकेकोहा )कार्यक्षेत्रमा अतिरिक्त कामको जिम्मेवारी बढ्नेछ। आफन्त र जीवन साथीसँग मनमुटावको सम्भावना रहेको छ। आर्थिक कार्यमा गरिएका प्रयासहरू सफल रहनेछन्।

 कर्कट ( हिहुहेहोडाडिडुडेडो )कार्यक्षेत्रमा हजुरको इच्छापुर्ति हुनेछ। नयाँ नोकरीमा सफलता पाइनेछ। व्यापारबाट लाभ मिल्नेछ। भाइबहिनीबाट घर परिवारमा सहयोग मिल्नेछ।

 सिंह ( मामिमुमेमोटाटिटुटे )नयाँ योजनाहरु सफल रहनेछन्। लामो समयदेखि रोकिएको धन मिल्ने योग रहेको छ। आफन्तहरूसँग रमाइलो समय बित्नेछ। व्यापार व्यवसायमा थोरै श्रमले पनि राम्रो लाभ मिल्नेछ।

 कन्या ( टोपापिपुपेपो )नोकरी वा पेशामा आत्तिएर निर्णय नलिनुहोला। कार्य क्षेत्रमा आयस्रोत बढ्नेछ। साझेदारी व्यापारमा पारदर्शिता राख्नुहोस्। विद्यार्थी वर्गहरूलाई अध्ययनमा शिक्षकको सहयोग मिल्नेछ।

 तुला ( रारिरुरेरोतातितुते )धार्मिक क्षेत्रमा धन खर्चको सम्भावना रहेको छ। नजिकका मानिसहरूबाट सोचेजस्तो सहयोग न मिल्नाले मन अप्रसन्न रहनेछ । यात्रा गर्दा आफ्नो सामानको खयाल राखौं।

 वृश्चिक ( तोनानिनुनेनोयायियु )समाजमा मान प्रतिष्ठा बढ्नेछ। अग्रिम कार्यको प्रतिफल मिल्नेछ। कार्यक्षेत्रमा सहकर्मीहरूको साथ मिल्नेछ। व्यापारमा लाभको साथै नयाँ अवसरहरू मिल्नेछन्।

 धनु ( येयोभाभिभुधाफाढाभे )पिताको स्वास्थ्यमा सुधारको योग छ। वैदेशिक शिक्षालाई लिएर शुभ सूचना मिल्नेछ। व्यवसायसँग सम्बन्धित यात्रा हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। छरछिमेकीहरूसँग मनमुटाव रहन सक्छ।

 मकर ( भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि )पहिला रोकिएका कार्यहरू सम्पादन हुनेछन्। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। नोकरी वा पेशामा वरिष्ठ अधिकारीहरूको सहयोग मिल्नेछ। व्यापार क्षेत्रमा थप लगानी लगाउने समय रहेको छ।

 कुम्भ ( गुगेगोसासिसुसेसोदा )विश्वासिलो पात्रबाट धोखा मिल्न सक्छ। आफ्नो बोलीले गर्दा बनेको कार्य बिग्रिन सक्छ। व्यापार व्यवसायमा सामान्य लाभ मिल्नेछ। आफ्नो स्वास्थ अनुसार खानपानमा ध्यान दिनुहोस्।

 मीन ( दिदुदेदोचा, चि )आज कार्यक्षेत्रमा हजुरको प्रसिद्धि बढ्नेछ। विद्यार्थीहरूलाई धार्मिक वा आध्यात्मिक अध्ययनमा रुचि बढ्नेछ। जीवनसाथीबाट उपहार मिल्न सक्ला। रोकिएका काम बन्नेछन् भने नयाँ जिम्मेवारी समेत बढ्नेछ।

 

Ads

सम्बन्धित पोष्टहरू