काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहितका विदेशी मुद्राहरुको मूल्य घटबढ भएको छैन ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा छ।
त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०६ पैसा छ । आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ९७ पैसा छ।
आजका लागि अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७६ र बिक्रीदर ८८ रुपैयाँ १५ पैसा छ। त्यसैगरी कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ९६ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ९२ पैसा छ । बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ७५ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ३४ पैसा छ।
प्रतिक्रिया दिनुहोस्