Ads

पाकिस्तानी बलर तन्भिर उत्कृष्ट स्पेलमा काठमाडौं १११ रनमै समेटियो


काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा सोमबार बागमती प्रदेशका दुई टिम चितवन राइनोज र काठमाडौं गोर्खाज भिडिरहेका छन् ।

त्रिवि मैदान कीर्तिपुरमा टस जितेर चितवनले पहिला बलिङ गर्दै काठमाडौंलाई १११ रनमा रोकेको छ । काठमाडौंले ९ विकेटमा सो रन बनाएको हो ।

त्रिवि मैदान बिहान ब्याटिङका लागि गाह्रो हुने देखिएको छ । पहिलो खेलमा पनि त्यस्तै भएका थिए । चितवनका पाकिस्तानी बलर सोहेल तनभिरले ५ विकेट लिएपछि काठमाडौंको ब्याटिङ लाइन ध्वस्त भएको हो ।

उनले विस्फोटक ब्याटिङ गरिरहेका डच खेलाडी माइकल लेभिट, स्टेफन स्केन्जाइ, भीम सार्की, करण केसी, र साहब आलमको विकेट लिए । यस्तै चितवनका कप्तान कुशल मल्ल, रिजन ढकाल, अमर रौटेला र लुक बेनकेस्टाइनले एक एक विकेट लिए । काठमाडौंका लागि सुमित महर्जनले सर्वाधिक २९ रन बनाए ।

Ads

सम्बन्धित पोष्टहरू