काठमाडौं । कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध १८३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८२ रन बनायो ।
जारी प्रतियोगितामा यो सबैभन्दा ठूलो योगफल हो । यसअघि, सोमबारको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध १४१ रन बनाउनु नै ठूलो योगफल थियो ।
प्रतिक्रिया दिनुहोस्