Ads

२०८१ मंसिर २१ गते शुक्रवार, तपाईको दैनिक राशिफल


मेष ( चुचेचोलालिलुलेलोअ )मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा नयाँ निर्णय लिनुभन्दा अघि जानकारसँग सल्लाह अवश्य लिनुहोला। घर परिवारमा मांगलिक कार्य हुन सक्ला। व्यापार व्यवसायमा मातापिताको आशीर्वाद लिएर निस्किदा लाभ मिल्नेछ।

 वृष ( इवाविवुवेवो )नोकरी वा पेशामा एकाग्र भएर काम गर्नुहोस् विशेष सफलता मिल्नेछ। जीवन साथीको प्रगतिले मन प्रसन्न रहनेछ। आर्थिक कारोबारमा दीर्घकालीन योजना बन्नेछ। धार्मिक यात्रा हुन सक्ला।

 मिथुन ( काकिकुकेकोहा )कार्यक्षेत्रमा राम्रो सद्भाव पाइनेछ। कार्यक्षेत्रमा अरुको उपकार गर्नुभन्दा अघि आफ्नो बारेमा सोच्नुहोला। नोकरी वा पेशामा शत्रुहरू परास्त हुनेछन्। स्वास्थ्यमा पेटसम्बन्धी समस्या रहनेछ।

 कर्कट ( हिहुहेहोडाडिडुडेडो )दिन उत्साहवर्धक रहनेछ। कार्यक्षेत्रमा सफलता मिल्नेछ भने व्यापार व्यवसायमा पनि लाभ रहेको छ। साझेदारी व्यापारमा सानातिना कुरालाई नजर अन्दाज गर्नुहोस् नभए मनमुटाव हुन सक्ला। साँझको समय मित्रहरूसँग घुमफिरमा बित्नेछ।

 सिंह ( मामिमुमेमोटाटिटुटे )व्यापारमा लाभ हुनाले मन सन्तुष्ट रहनेछ। हजुरको साहस र धैर्य देखेर शत्रुपक्ष पराजित हुनेछन्। सांसारिक सुख सुविधामा धन खर्च हुनेछ। वित्तीय लेनदेन नगर्नुहोस्।

 कन्या ( टोपापिपुपेपो )कार्यक्षेत्रमा प्रतिद्वन्दीहरूले समस्या दिनेछन्। नयाँ नोकरीको लागि गरिएको प्रयास सफल रहनेछ। सामाजिक कार्यमा धन खर्च हुनसक्छ। घरपरिवारमा कुनै मनमुटाव थियो भने सुल्झिनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ।

 तुला ( रारिरुरेरोतातितुते )पुरानो मित्रको सहायोगले रोकिएको काम प्रारम्भ हुनेछ। जीवनसाथीको स्वास्थ्यलाई लिएर मन अशान्त रहनेछ। सवारी साधनमा धन खर्च गर्नुपर्ला। कार्यक्षेत्रमा शत्रुपक्ष सक्रिय रहनेछन्। अध्ययनमा प्रगति हुनेछ।

 वृश्चिक ( तोनानिनुनेनोयायियु )नोकरी वा पेशामा अधिकारीवर्गबाट प्रशंसा मिल्नेछ। आर्थिक कारोबारमा लाभ मिल्नेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। सानो प्रयत्नले गर्दा जीवनशैलिमा सुधार ल्याउन सकिनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।

 धनु ( येयोभाभिभुधाफाढाभे )राजनीतिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि नयाँ बाटो खुल्नेछ। सांस्कृतिक समारोहमा सहभागी हुने अवसर मिल्नेछ। कार्यक्षेत्रमा हजुरको बुद्धि र ज्ञानको प्रशंसा हुनेछ। उच्च महत्वकांक्षाले समस्याहरू पनि निम्त्याउनेछ।

 मकर ( भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि )नोकरी वा पेशामा अप्ठ्यारो कामको नेतृत्वमा सफल हुनाले अधिकारिवर्गबाट सम्मान पाइनेछ। व्यापार व्यवसायमा आयका नयाँ स्रोतहरू बढ्नेछन्। आफ्नो खर्चमा नियन्त्रण राख्नुपर्ने हुन्छ।

 कुम्भ ( गुगेगोसासिसुसेसोदा )सरकारी नोकरीमा पदको प्रभावले लाभ मिल्नेछ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ खानपानको विशेष ध्यान राखौं। यात्रा गर्दा आफ्नो सामानको सुरक्षा स्वयं गरौं। प्रतिस्पर्धी विद्यार्थीहरुलाई प्रतिस्पर्धामा सफलता मिल्ने छ।

 मीन ( दिदुदेदोचा, चि )शेयर बजारबाट मनग्य लाभ मिल्ने सम्भावना छ। भाग्यको पूरा साथ मिल्नेछ। अगाडि रोकिएका कार्यहरू प्रारम्भ हुनेछन्। कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग मिल्नेछ। आर्थिक पक्ष सबल रहनेछ।

Ads

सम्बन्धित पोष्टहरू