Ads

बागमति प्रदेशमा निर्वाचनबाट नेतृत्व छान्ने तयारीमा माओवादी


काठमाडौं । नेकपा माओवादी केन्द्रले अन्त निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्ने तयारी गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २५ मंसिरमा देशभरी भर्चुअलमाध्यबाट प्रदेश सम्मेलन उद्घाटन गरेका थिए ।
प्रदेश सम्मेलन सकिएपनि तीन वटा प्रदेशमा मात्र अध्यक्ष चयन भएका छन्

बाँकि प्रदेशहरुमा अध्यक्ष चयन हुन सकेका छैनन् । सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि प्रचण्डले निर्वाचनबाट नेतृत्व चयन गर्न सहमति दिएपछि बागमति प्रदेशमा सोमबार निर्वाचनको तयारी सुरु गरेको बताइएको छ ।

सोमबार माओवादी केन्द्र बागमति प्रदेशको बैठक बस्दै छ । बैठकले निर्वाचनबाट नेतृत्व चयन गर्ने तयारी गरेको छ । सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन गर्ने भएको स्रोतले बताए ।

सम्मेलनबाट कमिटी चयन भएपनि नेतृत्व चयन हुन सकेको छैन । सोमबार सम्मेलनबाट निर्वाचित कमिटीको बैठक बसेर चुनावी प्रक्रिया अघि बढाउने तयारी भएको बताइएको छ ।

स्रोतका अनुसार नेतृत्व चयनका लागि निर्वाचित प्रदेश कमिटीका सदस्यहरुलेमात्र भोट हाल्ने छन् । बागमति प्रदेश कमिटी २७५ जनाको छ । यी नै मतदाता हुन्छन् ।

सम्मेलनमा प्रतिनिधिबाट कमिटी चयन भइसकेकाले अध्यक्षसहितको ९ जनाको पदाधिकारी मात्र निर्वाचनमार्फत चुनिने छ ।

निर्वाचनबाट एक जना अध्यक्ष , तीन जना उपाध्यक्ष, एक सचिव, ३ सहसचिव र कोषाध्यक्ष निर्वाचित हुनेछन् ।

 

Ads

सम्बन्धित पोष्टहरू