Ads

रोहित पौडेलको उत्कृष्ट ब्याटिङमा लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य


काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जितको खोजीमा रहेको लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गर्ने निम्तो पाएको लुम्बिनीले ६ विकेटको क्षतिमा १६७ रन बनाएको हो । निकै सुस्त सुरु गरेको लुम्बिनीले १४ औँ ओभरपछि गेयर बदलेको थियो । अन्तिम ५ ओभरमा लुम्बिनीले ६६ रन जोडेको थियो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५७ बलमा ८० रन बनाए । उनले यस क्रममा ५ छक्का र ६ चौका प्रहार गरे । यस्तै सादबिन जफरले ३५ बलमा ५२ रन बनाए । पाँचौ विकेटका लागि रोहित र जाफरबीच ११४ रनको साझेदारी भएको थियो ।

लुम्बिनीा लागि रिजन ढकालले ३ विकेट लिए भने कुशल मल्ल र रञ्जित कुमारले एक एक विकेट लिए । सोहेल तनविर भने लगातार दोस्रो खेलमा विकेटविहीन रहे । लुम्बिनीले यसअघि ३ खेल जितेको छ भने लुम्बिनीले चार खेलमा लगातार हार व्यहोरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू