काठमाडौँ । राष्ट्रिय समाचार समिति रासस)का सहसम्पादक दीपेन्द्र अधिकारीलाई मातृशोक परेको छ । उनकी ७८ वर्षीया आमा नमादेवी अधिकारीको मङ्गलबार अपराह्न बर्दियाको राजापुरमा हृदयघातबाट निधन भएको हो ।
दिवङ्गत अधिकारीका पाँच छोरा र दुई छोरी छन् । उनको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।
प्रतिक्रिया दिनुहोस्