काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दशौं दिनको दोस्रो खेलमा काठमाडौं गुर्खाजले टस जितेर ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर लुम्बिनी लायन्सलाई बलिङको निम्तो दिएको छ।
जारी लिगमा काठमाडौंको यो चौथो खेल हो । उसले यसअघि एक मात्र जित हात पारेको छ । उता लुम्बिनीको भने यो छैटौँ खेल हो । जसमा उसले पनि एक मात्र जित हात पारेको छ । अघिल्लो चरणमा जान दुवै टिमलाई जित आवश्यक छ ।
यसअघि बुधबार भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्