Ads

लुम्बिनीको बलिङसामु काठमाडौंको कमजोर ब्याटिङ, १०३ रनमा अलआउट


काठमाडौँ । नेपाल प्रिमियर लिगअन्तर्गत आफ्नो चौँथो खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई जितका लागि १ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.२ ओभरमा अलआउट हुँदै १ सय ३ रन बनायो।

काठमान्डुका लागि भिम सार्कीले ३१ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक डन डौटवाइटले २१ रन बनाउँदा स्टेफन एस्कीनाजीले १३ रन बनाएका थिए। त्यस्तै प्रतिक श्रेष्ठले २० रनको स्कोर बनाए।

काठमान्डुलाई सस्तैमा समेट्ने क्रममा सादबिन जफरले ३ विकेट लिँदा रमोन सिमोन्ड्स र अभिषेक गौतमले २-२ विकेट लिए। त्यस्तै सुर्य तामाङ र विवेक यादवले १-१ विकेट लिएका थिए।

Ads

सम्बन्धित पोष्टहरू