Ads

जनकपुर हाबी हुँदा काठमाडौं १०१ रनमा अलआउट


काठमाडाैं । नेपाल प्रिमियर लीग एनपीएलमा काठमाडौं गुर्खाजले जनकपुर बोल्टसामु १०२ रनको लक्ष्य पेश गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं १९ ओभर ३ बलमा अलआउट हुँदै १०१ रन जोड्यो ।

काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा ललित राजवंशी र शेर मल्लले समान ३, मोहमद मोसिनले २ तथा किशोर महतो र अरनिको यादवले १/१ विकेट लिए ।

काठमाडौंका लागि गेरार्ड इरास्मसले सर्वाधिक २० रन जोडे । प्रतियोगितामा ४ खेल जितेको जनकपुर अंक तालिकाको दोस्रो र २ खेल जितेको काठमाडौं चौथो स्थानमा छन् ।

Ads

सम्बन्धित पोष्टहरू