मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )आज जोश र उत्साहले भरपुर रहनुहुनेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। नोकरीको खोजीमा हुनुहुन्थ्यो भने शुभ सूचना मिल्नेछ। परिवारमा स्वास्थसँग सम्बन्धित समस्या रहनेछ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )आफन्तहरूको साथमा धार्मिकम वा सामाजिक कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ। सांसारिक सुखमा धन खर्च हुनेछ। करियर वा कारोबारमा विशिष्ट व्यक्तिको सल्लाह लिएर नै अगाडि बढ्नुहोस्।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )कलात्मक वा रचनात्मक क्षमताको विकास हुनेछ। व्यापारमा लाभ मिल्नेछ। विगतका कमजोरीलाई सुधार्ने अवसर प्राप्त हुनेछ। श्रमको उचित मूल्य पाइनेछ। जीवनसाथीबाट उपहार पाइनेछ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )कार्यक्षेत्रमा रोकिएको काम सम्पादन हुनाले मन प्रसन्न रहनेछ। पारिवारिक व्यापारमा जीवनसाथीको सहयोगले लाभ मिल्नेछ। ऋण आदिको लागि समय उपयुक्त रहेको छ। स्वास्थ्यमा कफ जनित समस्या बढ्नेछ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )कार्यक्षेत्रमा नयाँ कार्य हात लागि पर्नेछ। नोकरी वा पेशामा शत्रुहरू सक्रिय रहनेछन्। कार्यक्षेत्रमा थप जिम्मेवारी मिल्नेछ। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। वैदेशिक शिक्षाको लागि बनाइएका योजनाहरू सफल रहनेछन्।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )आर्थिक कारोबार सफल रहनेछ। विद्यार्थीहरूलाई शिक्षामा शिक्षकको सहयोग र साथ मिल्नेछ। अरूको कुरामा आएर लगानी लगाउनबाट बच्नुहोस्। ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )व्यापारमा थप लगानीबाट लाभ मिल्नुको साथै आयस्रोत बढ्नेछ। कार्यक्षेत्रमा निर्णय लिने क्षमतामा वृद्धि हुनेछ। परिवारसँग रमाइलो यात्रा हुनसक्छ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )आफन्तहरूसँग रमाइलो भेटघाटले मन प्रसन्न रहनेछ। व्यवसायका लागि गरिएको यात्राबाट लाभ मिल्नेछ। संगीत र कलामा रुचि बढ्नेछ। नोकरी वा पेशामा प्रतिद्वन्दीहरू हार खानेछन्।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )नोकरी वा पेशामा उच्च अधिकारीको मार्गदर्शन वा सहयोग मिल्नेछ। व्यापार व्यवसायको विस्तारको लागि नयाँ योजनाहरू बन्नेछन्। शुभचिन्तकहरूको सहयोग र सद्भाव मिल्नाले आँटेको कार्य सम्पादन हुनेछ। धर्म कर्ममा मन लाग्नेछ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )कार्यक्षेत्रमा सकारात्मक परिणाम मिल्नेछ। पुरानो मित्रसँगको भेटघाटले पुरानो समयको सम्झना हुनेछ। वाणीमा नियन्त्रण राख्नुहोला। स्वास्थ्यमा समस्या आउनेछ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )विदेशमा काम गर्नेहरूलाई शुभ सूचना मिल्नेछ। अविवाहितहरूलाई विवाहको प्रस्ताव मिल्नेछ। घरपरिवारसँग आनन्दको समय बित्नेछ। स्वादिष्ट भोजनको आनन्द मिल्ला।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )नोकरी वा पेशामा जिम्मेवारी बढ्नेछ। परिवारमा कुनै कुरालाई लिएर मनमुटाव चलिरहेको छ भने आज सुल्झाउने प्रयास गर्नुहोस्। जीवनसाथी सरकारी क्षेत्रमा हुनुहुन्छ भने पदोन्नतिको योग छ।
प्रतिक्रिया दिनुहोस्