धनगढी । आइतबार हुने आम निर्वाचनमा मतदान गर्न नेपाल आउदै गरेका एक व्यक्तिको बाटैमा मृत्यु भएको छ । डोटी जिल्लाको जोरायल गाउँपालिका ३ तोडेगडाका अन्दाजी ६० वर्षीय हिरालाल ओली शनिबार बिहान मृत फेला परेका हुन्।
उनी जोरायल गाउँपालिका ३ चन्कट्टे नजिकैको बाटोमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीका भारतको सिमलामा काम गर्दै आएका उनी संसदीय निर्वाचनमा मतदान गर्न घर फर्किरहेका थिए ।
उनको साथमा झोलासहितको प्लास्टिकको बोरा र नजिकै मदिराको बोतल पनि भेटिएको छ। अत्याधिक मदिरा सेवनका कारण राति नै उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्