मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )उत्साह र ऊर्जाले भरपुर रहनुहुनेछ। व्यापार व्यवसायमा आयका नँया स्रोतहरू बन्नेछन्। आफन्तहरूसँग रमाइलो भेटघाट रहनेछ। धार्मिक तीर्थस्थान वा मठमन्दिरको भ्रमण हुनेछ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )सामाजिक वा राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। नोकरी वा पेशामा सहयोगीहरूको साथ मिल्नेछ। कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्ला।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )अम्दानीका स्रोतहरू बढ्नेछन्। चाहना पूरा गर्नलाई धन खर्च हुनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौँ। वैदेशिक रोजगारबाट लाभ मिल्नेछ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )शेयर मार्केटबाट मनग्य लाभ मिल्नेछ। मित्रता र प्रेम सम्बन्ध कसिनेछ। महत्वकांक्षी योजनाहरूमा सफलता पाइनेछ। कार्यक्षेत्रमा परीश्रम अनुसार राम्रै फल मिल्नेछ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )अगाडि रोकिएका कामहरू प्रारम्भ हुनाले मन प्रसन्न रहनेछ। नोकरी वा पेशामा अधिकारीहरूको सहयोग मिल्नेछ। व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। बहुमूल्य वस्तु संग्रह गर्ने योग छ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )व्यापार व्यवसायमा दीर्घकालीन योजनाहरू बन्नेछन्। प्रतियोगी परीक्षामा सफलता पाइनेछ। विद्यार्थीहरूलाई विद्याको क्षेत्रमा शिक्षकको सहयोग मिल्नेछ। स्वास्थ्य अनुकूल रहनेछ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )विदेशतिर ताक्नेहरूलाई यात्राको अवसर मिल्नेछ। कार्यक्षेत्रमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ विशेषगरी बच्चाहरूलाई मौसमी बिमारीबाट जोगाउनुहोस्। आर्थिक लेनदेनको लागि उपयुक्त समय पर्खिनुहोस्।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )साहस र पराक्रममा वृद्धि हुनेछ। व्यापार बढ्नाले आयस्रोत सबल रहनेछ। आतिथ्यपूर्ण सम्मान र स्वादिष्ट भोजनको प्राप्ति हुनेछ। कार्यक्षेत्रमा मित्रहरूको सहयोग मिल्नेछ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )धार्मिक यात्राको लागि योजना बन्नेछ। प्रतिस्पर्धीहरूले अलि दुःख दिन सक्छन्। वित्तीय वा सरकारी संस्थाबाट शुभ सूचना मिल्नेछ। नोकरी वा पेशामा शत्रुहरू बढ्नेछन्।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )सन्तानको सफलताले मन प्रसन्न रहनेछ। कारोबार वा व्यवसायको सुरुवात गर्न सक्नुहुनेछ। पारिवारिक जीवनमा चलिरहेको तनावबाट मुक्ति मिल्नेछ। राजनीतिक क्षेत्रमा कूटनीतिको फाइदा मिल्नेछ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )कार्यक्षेत्रमा शत्रुपक्ष पराजित हुनेछन्। आर्थिक कारोबारमा नयाँ उपलब्धिहरूले कार्यक्षेत्रमा हौसला जगाउनेछ। चल अचल सम्पत्ति जोड्ने समय रहेको छ। व्यापार व्यवसायमा बनिरहेको कार्यमा बाधा आउनेछ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )विद्यार्थीहरूको लेखन अध्ययनमा प्रगति हुनेछ। कार्यक्षेत्रमा प्रशंसा योग्य कार्यले प्रभाव बढ्नेछ। विशिष्ट व्यक्तिहरूको साथ र मित्रता बढ्नेछ। व्यापार व्यवसायमा श्रम र सीपले लाभ मिल्नेछ।
प्रतिक्रिया दिनुहोस्