काठमाडौं । नेपाल प्रिमियर लिगमा रोमाञ्चक जित हात पार्दै काठमाडौं गुर्खाजले प्लेअफ पुग्ने सम्भावना जीवितै राखेको छ।
आइतबार टियु क्रिकेट मैदानमा विराटनगर किंग्सलाई १ विकेटले पराजित गर्दै काठमाडौंले प्लेअफ पुग्ने सम्भावना कायमै राखेको हो।
लिगको अन्तिम खेल जितेपछि काठमाडौंले ७ खेलबाट ८ अंक जोडेर पाँचौ स्थानमा छ ।
अब सोमबार कर्णाली याक्स सुदूरपश्चिमसँग फराकिलो अन्तरले पराजित भएमा मात्र काठमाडौं शीर्ष चारमा पर्ने सम्भावना हुनेछ ।
काठमाडौंले अब लिगको अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्