काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला चार सयले बढेकाे हाे ।
आइतबार सुन प्रतितोला एक लाख ५० हजार आठ सयमा कारोबार भएकाेमा आज प्रतितोला एक लाख ५१ हजार २०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
त्यसैगरी चाँदीकाे मूल्य भने आज स्थिर छ । आजका लागि चाँदीकाे मूल्य एक हजार आठ सय ४० रुपैंयाँ कायम भएकाे महासङ्घले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्