Ads

पाकिस्तानविरुद्ध यू–१९ नेपाली महिला टोलीको ऐतिहासिक जीत


काठमाडाैं । नेपालले एसिसी महिला यू–१९ एसिया कपमा टेष्ट राष्ट्र पाकिस्तानविरुद्ध ६ विकेटको ऐतिहासिक जित दर्ता गरेको छ।

नेपालले कुनै पनि स्तरमा पहिलोपटक टेष्ट राष्ट्रलाई हराएको हो। यो जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।

सोमबार मलेसियाको बायोमास क्रिकेट मैदानमा पाकिस्तानले प्रस्तुत गरेको १०५ रनको लक्ष्य नेपालले १९.१ ओभरमा चार विकेट गुमाउँदे पूरा गर्यो।

नेपालका लागि कप्तान पूजा महतोले ४७ बलमा तीन चौकाको मद्दतले अविजित सर्वाधिक ४७ रनको योगदान गरिन्। यसैगरी सोनी पाख्रिनले १३, सिमान केसीले अविजित १२ र सान प्रविनले १० रन बनाए। पाकिस्तानका लागि फतिमा खान र क्वारातुलियनले समान एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रनको योगफल तयार पारेको थियो। पाकिस्तानका लागि कोमल खानले ३८, महम एनिसले अविजित १९, राभाली फरानले १३ र जोफिशान अयाजले १२ रन बनाए।

बलिङतर्फ नेपालका लागि कप्तान पूजा महतोले दुई तथा रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले समान एक विकेट लिएका थिए।

Ads

सम्बन्धित पोष्टहरू