काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले हाल जारी नेपाल प्रिमियर लिगमा उत्कृष्ट हुने टीमहरुले पाउने नगद पुरस्कारको औपचारिक घोषणा गरेको छ ।
क्यानका अनुसार विजेता सहित प्लेअफमा पुगेका चारवटै टिमले नगद पुरस्कार पाउनेछन् ।
आज विज्ञप्ति जारी गर्दै क्यानले विजेता टिमलाई १ करोड १० लाख रुपैयाँ दिइने जनाएको छ । यस्तै, उपविजेताले ५१ लाख रुपैयाँ पाउने छ । तेस्रो हुने टिमलाई २५ लाख र चौंथो हुनेले १५ लाख रुपैयाँ पाउनेछन् ।
एनपीएलको प्लेअफमा जनकपुर बोल्ट्स, सुदुरपश्चिम रोयल्स, कर्णाली याक्स र चितवन राइनोजले स्थान बनाएका छन् । प्रत्येक टिमको कम्तिमा १५ लाख पुरस्कार निश्चित भएको छ ।
प्रतिक्रिया दिनुहोस्