काठमाडाैं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्सले टस जितेको छ ।
त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान आशिफ शेखले टस जितेर कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।
खेलको विजेता टोलीले फाइनलमा स्थान बनाउने छ । यसअघि हिजो भएको पहिलो क्वालिफायरमा जनकपुरलाई हराउँदै सुदूरपश्चिम रोयल्सले फाइनलमा स्थान बनाइसकेको छ ।
जनकपुरले हारका बावजुद र कर्णालीले एलिमिनेटरमा चितवन राईनोजलाई हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । फाइनल खेल शनिबार हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्