काठमाडौँ,। राष्ट्रिय समाचार समिति (रासस)का पूर्वनिमित्त महाप्रबन्धक जयशम्शेर राणाको ८० वर्षको उमेरमा भारतको भोपालमा निधन भएको छ ।
श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडितको उपचारमा रहेका रासस अङ्ग्रेजी सम्पादन शाखाका पूर्वप्रमुख राणाको भोपालस्थित सिद्धान्त सुपरस्पेसिलिटी अस्पतालमा आज बिहान निधन भएको उनका भाई प्रभात शम्शेर राणाले जानकारी दिए । स्व राणाको आजै अन्त्येष्टि गरिने बताइएको छ ।
सन् १९४४ सेप्टेम्बर २७ मा काठमाडौँमा जन्मिएका राससका पूर्वसम्पादकसमेत रहेका राणा सेवा निवृत्तपछि भोपाल बस्दै आएको थियो । उनका दुई छोरा छन् ।
प्रतिक्रिया दिनुहोस्