काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आकस्मिक सचिवालय बैठक बोलाएको छ ।
सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि रास्वपाले सचिवालय बैठक बोलाएको छ।
बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ ।
उपसभापति डीपी अर्यालका अनुसार आजको बैठकमा बैठकमा सभापतिविरुद्ध अघि बढेको मुद्दा र पार्टीको आगामी रणनीतिको विषयमा छलफल हुने जनाइएको छ।
सरकारी वकिल कार्यालय, कास्कीले रवि माथी सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ वटा मुद्दा दर्ता गरेको छ ।
प्रतिक्रिया दिनुहोस्