काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य तोलामा १ लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
साथै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर तोलाको १ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्